logo

‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’ भव्य रुपमा सम्पन्न

‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’ भव्य रुपमा सम्पन्न

बिकन एजुकेसन एण्ड भिसा सर्भिसेजले ‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’ भव्य रुपमा सम्पन्न गरेको छ । संस्थाको १२ औं स्थापना दिवसको अवसरमा बैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी र तीनका अभिभावकहरुलाई लक्षित गर्दै गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

पोखराको सिद्धार्थचोकमा कार्यालय रहेको बिकन एजुकेसन एण्ड भिसा सर्भिसेजले ‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’ भव्य रुपमा सम्पन्न गरेको छ । संस्थाको १२ औं स्थापना दिवसको अवसरमा बैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी र तीनका अभिभावकहरुलाई लक्षित गर्दै गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा कक्षा १२ उत्तिर्ण वा त्यस भन्दा माथि अध्ययनरत विद्यार्थी, तीनका अभिभावक लगायतको उल्लेख्य सहभागिता रहेको संस्थाका कार्यकारी निर्देशक रुद्रप्रसाद अर्यालले जानकारी दिए । उनले सहभागि र सहयोगी सबैलाई धन्यवाद तथा आभार व्यक्त गरे ।

सिद्धार्थचोकस्थित बिकनको आफ्नै भवनमा भएको कार्यक्रम पूर्वाह्न ९ बजेदेखि अपराह्न ५ बजेसम्म भएको थियो । कार्यक्रममा अष्ट्रेलिया, न्यूजिल्याण्ड, युके र क्यानडाका विश्वविद्यालयका २० भन्दा बढी कलेजका आधिकारिक प्रतिनिधि सहभागि भए । उनीहरुले बैदेशिक शिक्षाको महत्व, ती कलेजहरुमा अध्यापन हुने विषय, त्यसको भविष्यसँगै ती देशहरुमा जानका लागि हुने भिसा प्रक्रिया र अप्नाउनुपर्ने सतर्कता लगायतका विषयमा निःशुल्क परामर्श दिएको कार्यकारी निर्देशक अर्यालले बताए ।

‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’ नाम दिइएको कार्यक्रममा पूर्वाह्न १० बजेदेखि १ बजेसम्म २ वटा विशेष सेसन चलेको थियो । पहिलो सेसनमा सम्बन्धित विशेषज्ञले आयल्ट्समा कसरी धेरै भन्दा धेरै स्कोर ल्याउने भन्ने विषयमा टिप्स एण्ड ट्रिक्स सिकाए भने दोश्रो सेसन बैदेशिक शिक्षा सम्बन्धी सेसन भएको थियो । जसमा विषय विशेषज्ञले नोभल कोरोना भाइरस (कोभिड–१९) पछि बैदेशिक शिक्षाको अवस्था, ती देशमा रहेका विद्यार्थीहरुको अवस्था, कुन देशमा कस्ता विद्यार्थी जाँदा राम्रो, ती देशमा कसरी जाने ? त्यसका लागि गर्नुपर्ने भिसा प्रक्रियालगायतका बारेमा प्रष्ट्याइएको उनको भनाई छ ।

कार्यक्रमको बैंकिङ पार्टनरको रुपमा नविल बैंक र एनसीसी बैंक रहेको थियो । कार्यक्रममा ती बैंकहरुले बैदेशिक शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई दिने शैक्षिक कर्जाको प्रक्रियाका बारेमा परामर्श दिएको उनले जानकारी दिए ।

‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’मा सहभागि २ सय भन्दा बढी विद्यार्थी तथा अभिभावकहरुलाई बिकनले विशेष गिफ्टसमेत दिएको थियो । शुरुमा आउने विद्यार्थी तथा अभिभावकहरुलाई प्राथमिकताका आधारमा उपहार दिइएको उनले बताए ।

वान अप इभेन्ट म्यानेजमेन्ट प्रालिको ब्यबस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Originally Published on 21 March, 2021 in Everestawaj.com