logo

न्यूजिल्याण्ड अध्ययन निःशुल्क सेमिनार बिकन एजुकेसन एण्ड भिसा सर्भिसेस, पोखरामा हुँदै

न्यूजिल्याण्ड अध्ययन निःशुल्क सेमिनार बिकन एजुकेसन एण्ड भिसा सर्भिसेस, पोखरामा हुँदै

उच्च शिक्षाका लागि न्यूजिल्याण्ड जाने योजना बनाइरहेका विद्यार्थी तथा अभिभावकका लागि खुसीको खबर।

उच्च शिक्षाका लागि न्यूजिल्याण्ड जाने योजना बनाइरहेका विद्यार्थी तथा अभिभावकका लागि खुसीको खबर आएको छ। बिकन एजुकेसन एण्ड भिसा सर्भिसेस (BEACON™) ले न्यूजिल्याण्डको प्रतिष्ठित Southern Institute of Technology (SIT) का अन्तर्राष्ट्रिय प्रबन्धक श्री रिजा अम्बादार को विशेष उपस्थितिमा निःशुल्क जानकारीमूलक सेमिनार आयोजना गर्ने भएको छ। 

कार्यक्रम २०२६ अगस्ट ७ (शुक्रबार) बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म बिकन एजुकेसनको कार्यालय, सिद्धार्थ चोक, पोखरामा सञ्चालन हुनेछ। कार्यक्रममा सहभागीहरूले न्यूजिल्याण्डमा अध्ययन, छात्रवृत्ति, भिसा प्रक्रिया तथा अध्ययनपछिका अवसरबारे प्रत्यक्ष रूपमा विज्ञसँग अन्तरक्रिया गर्ने अवसर प्राप्त गर्नेछन्।

सेमिनारमा भर्ना प्रक्रिया, छात्रवृत्ति तथा विशेष अफर, विद्यार्थी र जीवनसाथी (Spouse) भिसाका आवश्यकताहरू, भिसा प्रक्रिया तथा सफलताका अनुभवहरू, साथै अध्ययनपछिको रोजगारी र बसोबास (Settlement) का अवसरहरू लगायतका महत्वपूर्ण विषयमा विस्तृत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।

न्यूजिल्याण्डका किफायती सरकारी शैक्षिक संस्थामध्ये एक मानिने Southern Institute of Technology (SIT) मा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि यो कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ। साथै सहभागीहरूले आधिकारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी आफ्ना जिज्ञासाको समाधान गर्न सक्नेछन्।

कार्यक्रम विवरण:

  • मिति: ७ अगस्ट २०२६ (शुक्रबार)
  • समय: बिहान ८:००–१०:०० बजे
  • स्थान: बिकन एजुकेसन एण्ड भिसा सर्भिसेस (BEACON™), सिद्धार्थ चोक, पोखरा
  • सम्पर्क: ०६१–५७८८१२, ०६१–५७३०९३, ९८०२५३१६३१ (WhatsApp)

कार्यक्रममा प्रवेश पूर्ण रूपमा निःशुल्क रहेको हुँदा अवसरको सदुपयोग गर्दै समयमै उपस्थित हुन आयोजकले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा इच्छुक व्यक्तिहरूलाई आग्रह गरेको छ।